 
	    काठमाडौं, वैशाख १५ । ताजिकिस्तानमा जारी एएफसी यु–१४ महिला क्षेत्रीय च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुआत गरेको छ ।
नेपाल बुधबार भारतसँग ९–० को फराकिलो अन्तरले पराजित भएको हो । पहिलो मिनेटदेखि नै गोल खान थालेको नेपालले मध्यान्तरसम्म ७ गोल खाइसकेको थियो । मध्यान्तरपछि नेपालले थप दुई गोल खायो ।
रज्जु खड्काको कप्तानीमा मैदानमा उत्रिएको नेपाली टिमले मध्यान्तरपछि केही संयमित र आक्रामक खेल खेलेपनि गोल भने फर्काउन सकेन ।
नेपालले समूहको अर्को खेलमा बिहीबार बंगलादेशसंग खेल्नेछ । यो खेलमा फराकिलो जित हासिल गरेमात्र नेपाल सेमिफाइनलमा पुग्नेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्