२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


काठमाडौंको जहरसिंहपौवा सामुदायिक वनमा आगलागी, सवारी–साधन चार घन्टा रोकिए


0
Shares

काठमाडौं, वैशाख १५ । काठमाडौंको उत्तरपूर्वी शंकरापुर नगरपालिका–५ स्थित जहरसिंहपौवा सामुदायिक वनमा बुधबार अपराह्न आगलागी भएको छ ।

आगलागीका कारण सिन्धुपाल्चोकबाट काठमाडौं आउने सवारी–साधन जहरसिंहपौवा र काठमाडौंबाट सिन्धुपाल्चोक हिँडेका सवारी–साधन शंकरापुर नगरपालिका–४ मा करिब चार घन्टा रोकिएका थिए ।

काठमाडौंबाट गएको वारुणयन्त्र, इलाका प्रहरी कार्यालय साँखुबाट गएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

सामुदायिक वनमा आगलागी भएपछि जंगलमाथि रहेको बस्ती खाली गराइएको थियो ।

आगलागी नियन्त्रणपछि सो सडक भएर चल्ने सवारी–साधन निर्वाधरुपमा चल्न थालेको इप्रका साँखुले जनाएको छ । रासस

फाइल फोटो