२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


कोरियाले कामदार कोटा घटायो


0
Shares

काठमाडौं, वैशाख १६ । कोरियाले नेपाली कामदारको कोटा घटाएको छ । अर्थतन्त्रमा आएको मन्दी र गत वर्ष प्रक्रिया पुरा गरेर जान नपाएकाको रोस्टरमा लामो सूची रहेका कारण दक्षिण कोरियाले आगामी वर्षका लागि नेपालमा कामदारको कोटा कटौती गरेको हो ।

सन् २०१७ मा कोरियाले अधिकतम ३१ सय नेपाली परीक्षार्थीलाई मात्र भाषा परीक्षामा उत्तीर्ण गराउने जानकारी दिएको छ ।

गत वर्ष आठ हजार पाँच सय जना परीक्षार्थी भाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये अहिलेसम्म २५ सयमात्रै काम गर्न कोरिया जान पाएका छन् । गत वर्ष भाषा परीक्षा पास गरेकाहरुलाई कोरियाली रोजगारदाताले लैजाने क्रम चलिरहेको छ । परीक्षा पास गरेकाको नाम रोस्टरमा समावेश गरिएको हुन्छ । सोही आधारमा रोजगारदाताले मन परेका व्यक्ति छानेर बोलाउने गर्दछन् । –अन्नपूर्ण पोस्टबाट