
काठमाडौं, वैशाख १६ । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको बढुवामा नयाँ व्यवस्था गर्ने सरकारसँग प्रस्ताव गरेको छ । प्रहरी मुख्यालयले रिक्त इन्सपेक्टर पदमा कुल संख्यालाई पुरा गर्न विभागीयबाट ५० प्रतिशत र खुला प्रतिश्पर्धाबाट ५० प्रतिशत गर्न सरकारलाई प्रस्ताव गरेको हो ।
प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षकबाट भर्ना भई आएका कर्मचारीहरु अन्यायमा परेको कारण देखाइ प्रहरी नियमावली संशोधनमा सो प्रस्ताव राख्न भन्दै गृहमन्त्रालयमा सुझाव पठाएको छ ।
गृहमन्त्रालयले समेत अध्ययन गरी सो प्रस्ताव मन्त्रिपरिषदमा पठाइसकेको छ ।
यसअघि रिक्त रहेको इन्सपेक्टर पदमा विभागीय ४० र खुला प्रतिश्पर्धाबाट ६० प्रतिशत भर्ना लिएर पदपूर्ति हुने व्यवस्था रहेको थियो । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्