२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


एथ्लेटिको मड्रिडद्वारा बायर्न म्युनिख पराजित


0
Shares

काठमाडौं, वैशाख १६ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा स्पेनको एथ्लेटिको मड्रिडले जर्मनीको बायर्न म्युनिखलाई पराजित गरेको छ ।
एथ्लेटिकोको मैदानमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा बायर्न १–० ले पराजित भएको हो । खेलमा एथ्लेटिको मड्रिडलाई विजयी गराउन साउल निग्वेजले ११ औं मिनेटमा गोल गरे ।
जितसँगै एथ्लेटिको मड्रिडले सेमिफाइनल दोस्रो लेगको खेलपूर्व महत्वपूर्ण अग्रता लिएको छ । दोस्रो लेगको खेल आगामी हप्ता जर्मन क्लब बायर्न म्युनिखको मैदानमा हुनेछ ।