
कञ्चनपुर, वैशाख १६ । डोटीमा हतियारसहित भारतीय सुरक्षाकर्मी पक्राउ परेको घटनापछि पश्चिमी सिमा नाका गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयका चारजना प्रहरीलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ ।
पक्राउ परेका भारतीय प्रहरी सोही नाकाबाट हतियारसहित प्रवेश गरेको पाइएपछि उक्त नाकामा ड्युटीमा रहेका चार प्रहरीलाई फिर्ता बोलाइएको हो ।
प्रहरी नायब निरीक्षक उमेश पाल, प्रहरी सहायक निरीक्षक खगेन्द्र भाट, एक प्रहरी हवल्दार र एक प्रहरी जवानलाई जिल्लामा फिर्ता बोलाइएको हो ।
चेकजाँच कार्य प्रभावकारी बनाउन नसकेको र लापर्वाही गरिएको कारण चारैजनालाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाइएको प्रहरी नायब उपरीक्षक केदार खनालले बताए ।
फिर्ता बोलाइएका प्रहरीको सट्टा अन्यलाई खटाइने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्