२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


दुर्घटना बढेपछि सवारी चेकजाँचमा कडाई


0
Shares

सिन्धुली, वैशाख १६ । पूर्वी पहाडी र तराईका जिल्लालाई राजधानीसँग छोटो दुरीमा जोड्न निर्माण गरिएको बनेपा–सिन्धुली–बर्दिबास सडकमा चल्ने सवारी चेकजाँचमा कडाई गरिएको छ ।
सडक दुर्घटनामा बृद्धि भएसँगै सवारी चेकजाँचमा कडाई गरिएको हो । यो सडकमा गुड्ने सवारी साधनको चाप बढेसँगै दुर्घटना पनि बढेपछि चेकजाँचमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएका छन् ।