२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


छोरीको घर बनाउन आएका राईको लडेर मृत्यु


0
Shares

चितवन, वैशाख १६ । छोरीको घर बनाउन आएका एक पुरुषको लडेर मृत्यु भएको छ ।

हेटौँडा–२२ हटिया घर भई छोरीको घर बनाउन चितवनको राप्ती नगरपालिका–४ पिप्लेमा आएका ५२ वर्षीय रामकृष्ण राईको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । छोरीको एकतले घर निर्माणका क्रममा ब्लक बोकेर माथि उक्लँदै गर्दा ब्लकसहित लडेर उनको मृत्यु भएको हो ।

बुधबार अपराह्न ४ः३० बजेको समयमा ब्लकसँगै खसेर गम्भीर घाइते भएका राईको उपचारका क्रममा चितवन मेडिकल कलेजमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)