२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


नुहाउन गएका दुई किशोरीको डुबेर मृत्यु


0
Shares

बैतडी, वैशाख १६ । बैतडीको कटौजपानी–९ भौलेली गाउँका दुई किशोरीको खोलामा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुने किशोरीहरु स्थानीय रौलेश्वर माविका विद्यार्थी हुन् । मृतक सोही गाविस–९ की १५ वर्षीया माधवी जोशी र १५ वर्षीया राधिका जोशी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहन पोखरेलले बताए ।

कटौजपानी–९ पाटागाउँमा बुधबार दिउँसो ३ बजे खोलामा नुहाउन गएका किशोरी बेपत्ता भएको धेरै समयपछि पनि घर नफर्केपछि खोजी गर्ने क्रममा साँझ ७ः३० बजे मृत अवस्थामा भेटिएका थिए । शवपरीक्षणका लागि बिहीबार बिहान जिल्ला अस्पताल बैतडीमा लगिएको छ । (रासस)