
रसुवा, वैशाख १६ । रसुवाको टिमुरे गाविसका बासिन्दाले रसुवागढी नाका बन्द गराएका छन् ।
सुख्खा बन्दरगाह निर्माणका क्रममा चाहिनेभन्दा बढी जग्गा अधिग्रहण गरिएको भन्दै स्थानीयले रसुवागढी नाका अनिश्चितकालका लागि बन्द गराएका हुन् । उनीहरुले जग्गा अधिग्रहणको काम तत्काल अघि नबढाउन माग गरेका छन् । सुख्खा बन्दरगाहा सरोकार तथा संघर्ष समितिका संयोजक दोर्जे तामाङले आफूहरुका माग सम्बोधन गर्न सरकारले आलटाल गरेको भन्दै टिमुरेमा रहेका सरकारी कार्यालय, बिद्यालय, यातायात तथा होटलसमेत बन्द गरिएको बताए ।
बन्दका कारण चीनबाट नेपाल आउने क्रममा रहेका पर्यटक तथा मालवाहक सामान सिमानामै अलपत्र परेका छन् ।
प्रतिक्रिया दिनुहोस्