
काठमाडौं, वैशाख १६ । काठमाडौं थापागाउँमा रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको छ । आगलागीबाट लाखौ रुपैयाँको क्षति भएको छ ।
बिहीबार बिहान साढे सात बजे लागेको आगो डेढ घण्टापछि नियन्त्रणमा लिइएको थियो । नेपाल प्रहरी, नेपाली सेना, दमकल र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
आगलागीबाट सो घरको भुइँतलामा रहेको गोदाममा राखिएका सामाग्री जलेर नष्ट भएको छ ।
प्रतिक्रिया दिनुहोस्