
-प्रज्ञा तिमिल्सिना, ईमेज
काठमाडौं, बैशाख १६ । मौसम परिवर्तनसँगै विभिन्न रोगको संक्रमण बढ्न थालेको छ । तापक्रम बढ्दै जाँदा रोगको संक्रमण पनि बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।
मौसम परिवर्तनकै कारण हुम्लामा अज्ञात रोगले १४ जनाको मृत्यु भएको सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
गर्मी महिना शुरु भएसँगै राजधानीलगायत देशैभर तापक्रम बढ्दा विभिन्न रोगको संक्रमण बढेको हो । मौसम परिवर्तनसँगै मानिसको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति कम हुने भएकाले रोगको संक्रमण बढ्ने चिकित्सकहरुले बताएका छन् ।
अहिले अत्यधिक गर्मी भएकैले रोगको संक्रमण पनि देखिएको चिकित्सकहरुले बताएका छन् । गएको वर्षातमा कम पानी पर्नु र अहिले गर्मी बढ्दा पानीको मुहान नै सुक्दै गएको छ ।
जसले एकातिर खानेपानी कै संकट देखिन थालेको छ भने अर्कातर्फ झाडापखालाका विरामीको संख्या पनि बढ्दै गएको सरुवा रोग नियन्त्रणमा महाशाखाले जनाएको छ । गर्मीको पारो यसरी नै चढ्दै जाने हो भने तराईका जिल्लाहरुमा लू को खतरा बढ्ने उनीहरुले बताउँछन् ।
बाहिरको खानेकुरा कम खाने र बासी सडेगडेको खानेकुरा नखाने, सफा पानी पिउने, घाममा धेरै बाहिर ननस्किने गर्दा यस्ता संक्रमणबाट जोगिन सकिने चिकित्सकहरु सुझाउँछन् । धेरैभन्दा धेरै पानी पिउँदा रोगको संक्रमण कम हुने उनीहरुको भनाइ छ ।
मौसममा आएको परिवर्तनकै कारण हालै हुम्लामा अज्ञात रोगबाट ११ जनाको मृत्यु भैसकेको चिकित्सकको दावी छ ।
कपाल दुख्ने र ज्वरो आउने लक्षण देखिएको यसको रोगले महामारीको रुप लिने त्रास बढेको हो । हुम्लाको मदाना, राया, स्याडा गाविसका मानिसमा यही रोगको संक्रमणबाट मृत्यु भएको बताइएको छ ।
५० बर्षमाथिका मानिसमा देखिएको यस रोगको कारण अझै खुल्न सकेको छैन । यस्तोमा हुँदा पनि हुम्लामा औषधि र अनुसन्धानकर्ता पढाउन नै समस्या परेका लाचारी सरकारी निकायको छ ।
हुम्लाबाट मात्र ३ सय ५० जना मानिसको उद्धार गरिसकिएको सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
एउटा नागरिक अत्यावश्यकीय औषधि र चिकित्सकको सेवा नपाएरै मृत्युवरण गरिरहँदा सरकारको जिम्मेवारी बोकेर बसेको निकाय भने भौगोलिक विकटताका कारण हुम्लामा औषधि र चिकित्सक पठाउन समस्या परेको बताउँछ ।
गर्मी शुरुसँगै देशको हिमाल, पहाड तराई सबैतिर विभिन्न रोगको संक्रमण बढ्ने खतरा भएकाले यसबाट बच्न सबैले सफा पानी पिउने तथा सफा र सन्तुलित खानेकुरा खाने कुरामा अधिक ध्यान दिनु जरुरी छ ।
सरकारी निकायले रोग लाग्नै नदिने सचेतना कार्यक्रम र लागेका तत्काल उपचारको प्रबन्ध मिलाउन ढिला गर्नु हुन्न ।
प्रतिक्रिया दिनुहोस्