२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


सरकारको भर भएन्, पीडितहरु आफैं बनाउँदैछन् बारपाक(भिडियो हेर्नुहोस)


0
Shares

-प्रतीक लामिछाने,ईमेज

गोरखा, बैशाख १६ । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर महाभूकम्प गएको एकवर्ष पूरा भएको छ । भूकम्पलगत्तै बारपाकको पुर्ननिर्माण गर्नेे भन्दै सयौं संघसंस्था बारपाक पुगे ।
 सरकारले बारपाकलाई देशकै नमुना बस्ती बनाउने भनेर घोषणा पनि गर्‍यो ।

तर एक बर्षको समयमा न सरकारले बारबाकमा कुनै ठोस काम गर्‍यो न त सलह भैं छिरेका एनजीओले सिन्को भाँचे । त्यसैले बारपाकी जनता आप्mनो घर आफैं बनाउने अभियानमा जुटेका जुटेका छन् ।

यही सोमबार बिहान गोर्खाको बारपाक पुग्दा अधिकांश स्थानीय वासिन्दा भूकम्पले भत्काएको घरको पुर्ननिर्माणमा जुटिरहेका देखिन्थे । महिलाहरु कोही गिटी कुट्दै थिए भने कोही थुन्सेमा ढुंगा बोकिरहेका थिए ।

पुरुषहरु घरको गाह्रो लगाउनेदेखि छडको काममा व्यस्त थिए । १ हजार ४ सय ४७ घरधुरी रहेको बारपाक गाउँ विकास समितिमा १ हजार ४ सय १२ घरधुरी गत वर्षको भूकम्पबाट पूर्णरुपमा ध्वस्त भए । एक वर्षसम्म सरकारको बाटो हेरेर आजित भएका स्थानीयले यो बर्खाको झरीबाट ओत लाग्न घर निर्माणलाई तीव्रता दिएका हुन् ।

अहिलेसम्म ५५ प्रतिशत घरहरु निर्माण भै सकेका छन् । बारपाकीले आफ्नो क्षमता अनुसार पुरानै ठाउँमा अस्थायी स्थायी घर बनाईँरहँदा सरकार भने बारपाकलाई देशकै नमुना बस्ती बनाउने भनेर ढोल पिटाईरहेको छ ।

तर अहिलेसम्म बारपाकको पुर्ननिर्माण र एकीकृत बस्ती विकासका लागि गुरुयोजना समेत सार्वजनिक भएको पाईँदैन । त्यसैले यहाँका जनता सरकारसँग रुष्ट देखिन्छन् ।

सरकारले घर निर्माणको लागि दिने भनेको दुईलाख रुपैयाँ सहयोग लिन बैंक खाता खोल्नुपर्ने बाध्यकारी प्रावधान बारपाकी जनताको लागि टाउको दुखाईको विषय बनेको छ ।

बैंक खाता खोल्नकै लागि जिल्ला सदरमुकामसम्म धाउँदा लाग्ने खर्च र समय उनीहरु आफ्नै घर निर्माणमा लगाउन चाहन्छन् । त्यसैले सहज रुपमै गाउँमै रकम उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।