
काठमाडौं, बैशाख १६ । संसदको राज्य व्यवस्था समितिले निजामति कर्मचारी आधिकारिक ट्रेड युनियनको निर्वाचन अब तोकिएकै मितिमा गर्न सरकारलाई निर्देशन दिएको छ ।
आज सामान्य प्रशासन मन्त्रालयको वार्षिक नीति, कार्यक्रम र बजेट माथि छलफल गर्दै समितिले आगामी जेठ १९ गतेबाट कर्मचारी युनियनको चुनाव पर नलैजान भनेको हो ।
छलफलका क्रममा कर्मचारीहरुलाई जनताप्रति थप उत्तरदायी बनाउने अभियान चाल्न समेत मन्त्रालयलाई निर्देशन दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्