२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


बजेटबारे यस्तो छ अर्थविद्हरुको सुझाव


0
Shares

काठमाडौं, जेठ १ । अर्थविद्हरुले कार्यान्वयन हुनसक्ने गरी बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा अर्थविद्हरुले उच्च महत्वाकांक्षी बजेट ल्याउँदा कार्यान्वयनमा धेरै समस्या देखिने गरेको भन्दै कार्यान्वयन गर्न सकिनेखालको बजेट ल्याउन सुझाव दिएका हुन् ।

बजेट विनियोजन गर्दा त्यसको प्रभावकारीतालाईसमेत ध्यान दिन उनीहरुको सुझाव छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्रीले राजनीतिक दलहरुले आफूले चाहेको परियोजनाका लागि ठूलो रकम लैजाने प्रवृति बढेका कारण बजेट कार्यान्वयनमा समस्या देखिँदै आएको बताए ।

अर्थविद् चन्द्रकान्त पौडेलले उत्पादन र औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिए ।

पूर्वमुख्यसचिव डा. विमल कोइरालाले संघीयता र स्थानीय सरकारलाई बलियो बनाउने गरी बजेट ल्याउन सुझाव दिए ।

अर्थविद्हरुले वित्त आयोगलाई स्वायता दिँदै न्यायपूर्ण वितरण प्रणालीलाई स्थापित गरेर तल्लो तहलाई पनि बलियो बनाउनुपर्ने बताएका थिए ।