१ असार २०८२, आइतबार | Sun Jun 15 2025


सिडिओ र डिसपी चढेको गाडी दुर्घटना


0
Shares

पाँचथर, बैशाख १६ । पाँचथरको च्याङथापुमा इलाका प्रहरी कार्यालय भवनको शिलान्यास गरेर फर्कदै गरेको जिल्ला प्रशासन कार्यालयको गाडी भारपा ८ स्थित टारीमा दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरे, प्रहरी नायव उपरिक्षक कृष्ण कोइराला, जवान नवराज बञ्जारा, पत्रकारहरु भीम वाँस्कोटा र सुजन तिम्सिना घाइते भएका छन् ।

प्रहरी नायव उपरिक्षक कोइरालाका अंग रक्षक बञ्जाराको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको प्रहरी निरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए ।