
काठमाडौं, वैशाख १७ । प्रेस युनियनका सचिव सुर्यकुमार क्षेत्रीको निधन भएको छ ।
गएराति राजधानीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो ।
ब्रेन ट्युमरबाट पीडित पत्रकार क्षेत्रीको बुधबार शल्यक्रिया गरिएको थियो ।
यसैबीच पत्रकार क्षेत्रीको अन्त्येष्टि शनिबार स्याङ्जामा गरिने भएको छ ।
यसअघि शनिबार उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि काठमाडौंको प्रज्ञा भवनमा राखिएको थियो ।
क्षेत्रीप्रति श्रद्धाञ्जली दिन पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओढाएका थिए भने प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेस युनियनको झन्डा ओढाए ।
यसैगरी क्षेत्रीप्रति श्रद्धाञ्जली दिन सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री चित्रबहादुर केसी, अर्थमन्त्री विष्णु पौडेल, सूचना तथा सञ्चारमन्त्री शेरधन राई, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलगायत सञ्चारकर्मीहरु पुगेका थिए । स्याङ्जा घर भएका क्षेत्रीका श्रीमती र एक नाबालक छोरा छन् ।
प्रतिक्रिया दिनुहोस्