१ असार २०८२, आइतबार | Sun Jun 15 2025


आगो निभाउने क्रममा एक जनाको मृत्यु


0
Shares

गुल्मी, बैशाख १७ । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् ।

दोहोली गाविसको जुकेखोला सामुदायिक वनमा आज बिहान देखि लागेको आगो निभाउने क्रममा दोहोली ५ का ६२ वर्षिय तुल्सीलामा गुरुङ्गको मृत्यु भएको छ ।

आगो निभाउने क्रममै दोहोली ६ का लोक बहादुर वुडा गम्भीर घाईते भएको र उनको उपचारको लागी जिल्ला  अस्पताल लगिदै गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक शैलेन्द्र भट्टले जानकारी दिए ।

आज बिहान देखि सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियले आगो प्रयास जारी राखेका छन् ।

केहि समय यता गुल्मीका बिभिन्न ठाउँमा लागेको आगलागीबाट १ हजार २ सय हेक्टर भन्दा वढी जंगल जलेको जिल्ला वन कार्यालय गुल्मीका सहायक वन अधिकृत कर्णबहादुर पाण्डेयले जानकारी दिए ।