१ असार २०८२, आइतबार | Sun Jun 15 2025


नाका बन्द गर्दै हिड्ने चार जना पक्राउ


0
Shares

रसुवा, बैशाख १७ । सुख्खा वन्दरगाहको विषयलाई लिएर नाका वन्द गर्दै हिड्ने चार जनालाई प्रहरीले आज रसुवाको टिमुरेबाट नियन्त्रणमा लिएको छ ।

टिमुरेमा निर्माण हुन लागेका सुख्खा बन्दरगाहको जग्गा अधिकरणमा स्थानीयको बढी जग्गा परेको बिषयलाई लिएर विस्थापित गर्न खोजेको भन्दै अनिश्चितकालिन वन्द गर्दै हिडेका ४ जनालाई प्रहरीले पक्राउ परेका हो ।

रसुवागढी नाका खुलाउन प्रशासनले ठुलो मात्रामा शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरि आवत जावत सहज बनाएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले बताए ।

पक्राउ पर्नेहरुलाई टिमुरेमा नाका सहज भएपछि रिहा गर्ने जनाएको छ । यस्तै सुख्खा बन्दरगाह सरोकार तथा संघर्ष समितिले आफनो मागको सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएका छन ।

बन्दरगाह बनाउन चाहिने ९ हेक्टर जमिनमध्ये साढे ५ हेक्टर लाङटाङ राष्ट्रिय निकुञ्जको पर्छ भने साढे ३ हेक्टर जमिन स्थानियबासीको पर्छ ।