१ असार २०८२, आइतबार | Sun Jun 15 2025


नेपालको परिस्थितिबारे विश्वमा फैलिएको भ्रम हट्यो : कमल थापा


0
Shares

काठमाडौं, बैशाख १७ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालको संविधान र पछिल्लो राजनीतिक परिस्थितिबारे विश्व समुदायमा परेको भ्रम हटाउन आफू सफल भएको दाबी गरेका छन् ।

अमेरिका र बेलायतको भ्रमण पूरा गरी आज स्वदेश फर्किएका मन्त्री थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै योजनाबद्ध ढंगले फैलाएको भ्रम उच्च तहबाट निराकरण गर्न आफू सफल भएको जिकीर गरे ।

बेलायतमा रहँदा आफूले तीन बर्षदेखि वेलायतमा थुनामा रहेका नेपाली सेनाका कर्णेल कुमार लामालाई रिहा गर्न वेलायती समकक्षीसंग आग्रह गरेको जानकारी पनि मन्त्री थापाले दिए ।

त्यस्तै व्रिटिश गोर्खाको समस्याबारे पनि कुरा गरेको भन्दै उनले व्रिटिस गोर्खाको समस्यालाई राष्ट्रिय एजेण्डा बनाएर काम गर्ने बताए ।