
वीरगन्ज, बैशाख १७ । बीरगंजमा संघीय गठबन्धनमा सहभागी दलका कार्यकर्ताहरुले सरकारी कार्यालयहरुमा कालो झण्डा झुन्डयाएका छन् ।
घन्टाघरबाट निकालिएको जुलुसका सहभागीहरुले विभिन्न सरकारी कार्यालयमा पुगी कालोझन्डा झुन्डयाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय, बीरगन्ज उपमहानगपालिका, जिल्ला विकास समितिको कार्यालय, कर तथा आन्तरिक राजश्व कार्यालय, मालपोत कार्यालय र महालेखा नियन्त्रण कार्यालयका प्रवेश द्वारमा झण्डा झुन्ड्याएको हो ।
प्रतिक्रिया दिनुहोस्