१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


सिरियाका केही शहरमा आंशिक युद्धविराम


0
Shares

काठमाडौं, बैशाख १८ । सिरियाका विभिन्न शहरमा आंशिक युद्धविराम लागु भएको छ । सिरियाली सेनाले घोषणा गरेको युद्धविराम राजधानी दमास्कसमा एक दिन र लटाकिया प्रान्तमा तीन दिन लागु हुनेछ ।

एलेप्पोलगायतका शहरमा भने युद्धविराम लागु हुने छैन । एलेप्पो शहरमा पछिल्लो दुई हप्ता यता २ सय ३० भन्दा बढीको मृत्यु भएको छ ।

विद्रोहीहरुलाई गैरसैनिक निशानामा आक्रमण गर्ने बहाना नदिनका लागि पछिल्लो कदम चालिएको सिरियाली सेनाले जनाएको छ ।

सिरियामा शत्रुता अन्त्यको सम्झौतालाई पुनर्जिवित गर्ने प्रयासमा रहेका अमेरिका र रुसको कुटनीतिक दबाबपछि युद्धविराम घोषण गरिएको हो ।

सिरियामा विगत ५ वर्ष यताको गृहयुद्धमा परि २ लाख ६० हजार भन्दा बढीको मृत्यु भइसकेको छ । (एजेन्सी)