Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


गुडिरहेको मोटरसाइकलमाथि रुख ढल्दा एकजनाको मृत्यु


0
Shares

ईलाम, वैशाख १९ । ईलाम नगरपालिका–५ स्थित गोलाखर्कमा शनिबार काटदै गरेको रुख गुडिरहेको मोटरसाइकलमाथि खस्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

स्थानीय पदम बराइली र भुपाल चौहानले शनिबार दिउँसो २ बजेतिर काट्दै गरेको रुख को२२प ७०४ नम्बरको मोटरसाइकलमाथि खसेको थियो ।

मोटरसाइकलमा ईलामतर्फ जादै गरेका सुनसरी बक्लौरी १ का २८ वर्षीय बिकेश परियारको रुखले थिचेर घटनास्थलमै मृत्यु भएको हो ।

रुखले थिचेर मोरङ तेतरिया ८ का २३ वर्षीय हेमनारायण चौधरी सामान्य घाइते भएकाले उपचारकालागि स्थानीय अस्पताल पुर्‍याइएको छ । बराइली र चौहानलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ ।