१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


सेनाले ल्यायो मोबाइल एप


0
Shares

काठमाडौं, वैशाख ३१ । नेपाली सेनाले ‘नेपाल आर्मी’ नामको मोबाइल एप सुरु गरेको छ ।

मंगलबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले एप शुभारम्भ गरेका हुन् ।

मोबाइल एपमार्फत् अब नेपाली सेनासम्बन्धी सम्पूर्ण सूचना पाउन सकिने सेनाले जनाएको छ ।

लघुचलचित्र प्रतियोगिता

सोही अवसरमा प्रधानसेनापति थापाले लघुचलचित्र प्रतियोगिता २०७५ मा पहिलो हुने निर्देशक कृष्णकुमार महतोको ‘अप्पन’ नामक लघुचलचित्रलाई पुरस्कृत गरे ।

त्यस्तै, दोस्रो हुने गगनकुमार श्रेष्ठको ‘चाहना’ र तेस्रो हुने प्रद्युम्न मिश्रको ‘हातेमालो’लाई पनि पुरस्कृत गरे ।

विभिन्न विधामा उत्कृष्ट हुनेहरुलाईसमेत  सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा लघुचलचित्र प्रतियोगितामा समावेश ११ ओटा चलचित्र प्रदर्शन गरिएको थियो ।