 
	    काठमाडौं, बैशाख १९ । स्पेनिस लिग ला लिगा फुटबलअन्तर्गत शनिबार रातिका खेलहरुमा तीन दाबेदार बार्सिलोना, एथ्लेटिको मड्रिड र रियल मड्रिड विजयी भएका छन् ।
बार्सिलोनाले रियल बेटिसलाई उसकै मेदानमा २–० गोल अन्तरले हरायो । बार्सिलोनालाई बिजयी गराउन इभाँ राकिटिच र लुइस सुवारेजले १–१ गोल गरे ।
शनिबार राती भएको खेलमा रियल मड्रिडले रियल सोसियाडाडलाई १–० ले पराजित गर्यो । रियल मड्रिडको जितमा ग्यारेथ बेलले निर्णायक गोल गरे ।
अर्को खेलमा एथ्लेटिको मड्रिडपनि बिजयी भयो । एन्टोइन ग्रिजम्यानको निर्णायक गोलको मद्धतमा एथ्लेटिकोले घरेलु मैदानमा रायो भायकानोलाई १–० ले पराजित गरेको हो ।
ला लिगामा ३६ औ चरणका खेल सकिँदा ८५ अंक जोडेको बार्सिलोना अंक तालिकाको शिर्ष स्थानमा छ ।
समान ८५ अंक जोडेको एथ्लेटिको मड्रिड गोल अन्तरको आधारमा दोस्रो तथा १ अंक कम जोडेको रियल मड्रिड ८४ अंकका साथ तेस्रो स्थानमा छ ।
जारी सिजन लिगमा २ गोल बाँकी छँदा यी तीन दाबेदारको उपाधि भिडन्त रोमाञ्चक मोडमा पुगेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्