धनकुटा, वैशाख ३१ । सशस्त्र प्रहरीको एपीएफ क्लब धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गर्दै सशस्त्र अन्तिम चारमा पुगेको हो ।
सशस्त्रलाई जिताउनेक्रममा रवि थिङले २ र कुमार दोङले १ गोल गरे । २ गोल गरेका थिङ नै ‘म्यान अफ दी म्याच’ घोषित भए ।
सेमिफाइनलका खेलहरु बुधबारदेखि हुनेछन् ।
पहिलो सेमिफाइनलमा विन्ध्यवासिनी फुटबल क्लब मोरङ र क्यामरुनको दाउफिन्स फुटबल क्लब आमने–सामने हुने आयोजकले जनाएको छ ।
८ टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्