
चितवन, वैशाख ३१ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया काउन्सिल विधेयक कुनै हालतमा परिवर्तन नहुने अडान दोहोर्याएका छन् ।
मंगलबार चितवनको सौराहामा आयोजित कार्यक्रममा उनले प्रेसलाई कमजोर बनाउने गरी कानुन बनाउन लागेको भन्ने कुरा भ्रामक भएको दाबी गरे ।
न्यायालय, कानुन र निजी कुरालाई जोडेर भ्रामक र तथ्यहीन समाचार प्रसारण गर्ने जो–कोहीलाई कानुनको दायरामा ल्याउने चेतावनी दिन भने उनले बिर्सिएनन् ।
न्यूनतम् पारिश्रमिक, समानुपातिक विज्ञापनलगायतका विषय विधेयकमा उल्लेख रहेको भन्दै मन्त्री बाँस्कोटाले ‘स्वच्छ पत्रकारिता गर्नेले डराउनु पर्दैन’–भने ।
प्रतिक्रिया दिनुहोस्