Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


‘राष्ट्रसंघले सिन्धुपाल्चोकमा पुनःनिर्माणमा सघाउने’


0
Shares

सिन्धुपाल्चोक, वैशाख १९ । संयुक्त राष्ट्रसंघीय उपमहासचिव यान इलिएसनले भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रसंघले पुनःनिर्माणलगायत अन्य कार्यमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिन्धुपाल्चोकका भूकम्पपीडितलाई आइतबार भेटेपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले आयोजना गरेको कार्यक्रममा उपमहासचिव इलिएसनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

केही महिनापछि हुने अन्तर्राष्ट्रिय मानवीय सम्मेलनमा नेपालमा भूकम्पले क्षति पुर्‍याएपछि उत्पन्न गरेको मानवीय अवस्थाबारे विश्वलाई जानकारी दिने पनि उनले बताए ।

कार्यक्रममा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोर्कणमणि दुवाडीले भूकम्पपछि एक वर्षमा जिल्लामा भएको गतिविधिको जानकारी गराएका थिए ।