२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


गोधुली क्लब विजयी


0
Shares

धनकुटा, वैशाख १९ । धनकुटामा जारी सहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् आइतबार भएको खेलमा गोधुली क्लब धरान विजयी भएको छ ।

गोधुलीले ब्वाइज युनियन काठमाडौंलाई ३—१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।

गोधुलीको जितमा मिलन राईले खेलको ५२औं ५६औं र ५९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

ब्वाइज युनियनका लागि खेलको २६औं मिनेटमा अफ्रिकन खेलाडी ओलावालेले फ्रि–किकमार्फत् गोल गरेका थिए ।

प्रतियोगिताको तेस्रो खेल सोमबार बीआरसी भुटान र सशस्त्र प्रहरीको एपीएफबीच हुनेछ ।