
काठमाडौं, वैशाख २० । बढ्दो खडेरीसँगै पानी अभाव चुलिँदा ट्यांकर व्यवसायी ‘उपभोक्ता लुटेर कमाउने’ मौका छोप्न थालेका छन् । धारा र इनार सुकेपछि पछिल्ला दिन ट्यांकरकै पानीमा भर परेका उपभोक्तासँग उनीहरु अस्वस्थ बार्गेनिङमात्र गर्दैनन्, दोब्बरभन्दा बढी मूल्य असुलिरहेका छन् ।
सामान्य अवस्थामा आजको भोलि पानी ल्याइदिने व्यवसायी अहिले उपभोक्तालाई २० दिन पर्खनुपर्ने भन्दै झुलाउँछन् । छिटो चाहिए बढी रकम चाहिने भन्दै बार्गेनिङ सुरु गर्छन् ।
सुरुमा २० दिन लाग्ने भनिए पनि बढी मूल्य तिरे तुरुन्तै पानी ल्याइदिने गरेको उपभोक्ताको भनाई छ ।
उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अध्यक्ष विष्णु दाहालले अभावको मौकामा व्यवसायीले धेरै मूल्य लिने गरेको स्वीकारे । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्