
सिरहा, वैशाख २० । सिरहाको मझौरा गाविस ३ मा सोमबार बिहान आगलागी हुँदा चार जनाको ६ घर जलेको छ ।
मझौरा गाविस ३ बस्ने देवेन्द्र यादवको घरमा बिहान ४ बजे अचानक आगलागी भएको थियो । आगलागीबाट यादवसहित छिमेकी हरि यादव, लखन यादव र मुकेश यादवको फुसले बनेको ६ वटा घर तथा गोठ जलेको हो ।
आगोमा परी उनीहरुको एउटा भैंसी र ६ वटा बाख्रासमेत जल्दा अन्दाजी ८ लाख बरावरको क्षति भएको बताइएको छ ।
आगो स्थानियवासी र सिमा प्रहरी चौकी झाँझपट्टीबाट गएको प्रहरीको प्रयासबाट बिहान ५ बजे नियन्त्रणमा आएको छ ।
प्रतिक्रिया दिनुहोस्