२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेशन सुरु


0
Shares

विराटनगर, बैशाख २० । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन विराटनगरमा आज सुरु हुँदैछ ।

विराटनगर रंगशालामा हुने उद्घाट्नमा प्रधानमन्त्री केपी ओलीदेखि भारतीय नेतासमेत सहभागी हुने जनाइएको छ ।

विजय गच्छेदार नेतृत्वको उक्त पार्टीको यस महाधिवेशनबाट नयाँ नेतृत्व चुनिने छ । यद्यपि, बैशाख २३ गतेसम्म चल्ने महाधिवेशनले अध्यक्षमा गच्छेदारलाई नै निरन्तरता दिने निश्चित जस्तै छ ।

महाधिवेशनमा ६४ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक गरी करीब तीन हजार सहभागि रहने छन् । महाधिवेशनले पार्टीको नाम परिवर्तन समेत गर्ने छ ।

तराई मधेसमा क्षेत्रीय राजनीतिक शक्तिको रुपमा ६ वर्षअघि उदय भएको फोरम लोकतान्त्रिकले पहिलो महाधिवेशनबाटै नाम परिवर्तन गरी राष्ट्रिय दलको झल्को दिने प्रयास गर्ने बताइएको ।

नाम फेरेर मधेसमा मात्र नभएर हिमाल पहाडमा समेत पार्टी विस्तार गर्ने योजना लोकतान्त्रिकको छ । यो दल हालको संसदमा पाँचौं ठूलो दलको हैसियतमा रहेको छ ।