
काठमाडौं, वैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राजदूत रञ्जित रे र केही उच्च अधिकारीसँग भेटवार्ता गरेका छन् ।
राजधानीको द्वारिकाज होटलमा हिजो साँझ रात्रीभोज आयोजना गरी प्रधानमन्त्रीले भेटवार्ता गरेका हुन् ।
भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेठको पहिलो साता गर्ने सम्भावित नेपाल भ्रमणका विषयमा छलफल भएको बताइएको छ । बुद्धजयन्तीका अवसरमा जेठ ८ गते लुम्बिनीमा हुने विश्व बौद्ध सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी सहभागी हुने संकेत पाएपछि सरकारले त्यसबारेमा पहल थालेको हो ।
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण गर्ने चाहना राखेपछि सरकारले वास्तविकता बुझ्न भारतीय राजदूतसहितका अधिकारीहरुसँग छलफल गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्