१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


आगलागी पीडितलाई सरकारले दुई बण्डल जस्तापाता दिने


0
Shares

काठमाडौं, बैशाख २० । सरकारले मुलुकका विभिन्न ठाउँमा आगलागीबाट पीडित भएकाहरुलाई प्रतिघर दुई बण्डल जस्तापाता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले आगलागी प्रभावितलाई जस्तापाता दिने निर्णय गरेको हो ।

गत मंसिर १ गतेयता पूर्णरुपमा घर जलेका पीडितले जस्ता पाउने पाउने छन् । सरकारले आगलागीबाट १ हजार ४ सय २ वटा घर ध्वस्त भएको जनाएको छ ।

बैठकले मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डाक्टर पुकारचन्द्र श्रेष्ठलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति गर्ने निर्णय गरेको छ ।

त्यस्तै ६ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ । बढुवा हुनेहरुमा गोविन्दप्रसाद रिजाल, झक्कप्रसाद आचार्य, नवराज ढकाल, नीता पोखरेल अर्याल, उदयबहादुर रानामगर र गजेन्द्रकुमार ठाकुर छन् ।