१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


ऐतिहासिक ‘घडीघर’ मासिने खतरा (भिडियो)


0
Shares

दीपक श्रेष्ठ, भरत केसी र सानु माली (इमेज)

काठमाडौं, वैशाख ३१ । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सम्पदा मासिनेक्रममा अहिले काठमाडौं, असनको ५०० वर्ष पुरानो अशोक वृक्ष विहार सरकारी निशानमा परेको छ ।

‘घडीघर’ भनेर चिनिने असनको यो विहार मास्ने षडयन्त्र हुन थालेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् ।

काठमाडौंको पुरानो सहर मानिने असनमा रहेको झन्डै ५०० वर्ष पुरानो ऐतिहासिक घडीघर मासिने खतरा बढेको छ ।

गुठी संस्थान र काठमाडौं महानगरपालिकाले ऐतिहासिक घडीघर भएको स्थानमा व्यापारिक मल बनाउने निर्णय गरेपछि यसको अस्तित्व संकटमा परेको हो ।

ऐतिहासिक पुरातात्विक सम्पदा ‘अभिताभ बुद्ध’ रहेको यो घरमा व्यापारिक भवन बनाउन लागिएको हो ।

असन वरपरका सबै सम्पदा नस्ट गर्ने उद्देश्यका साथ व्यापारिक भवन बनाएर सन्चालनसमेत गर्नेगरी बज्रयोगिनी बहुउद्देश्यीय सहकारीसँग गुठी संस्थान र महानगरपालिकाको मिलेमतोमा सम्झौता भएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

गुठी संस्थानको निर्णयभित्र पुरातात्विक सम्पदा मास्ने मनसाय देखिएको विरोध अभियान समर्थकहरुको पनि आरोप छ ।

पूर्वमन्त्रीसमेत रहेकी समाजवादी पार्टी नेपालकी नेत्री हिसिला यमी पनि सम्पदा मास्ने अधिकार काठमाडौं महानगरपालिका र गुठी संस्थानलाई नभएको बताउँछिन् ।

नेवारी भाषामा ‘कोथुननी’ भनिने अशोक वृक्ष विहारचोक ५०० वर्ष पुरानो सम्पदा भत्काएर व्यापारिक भवन बनाउने निर्णयमा केही गल्ती भएको गुठी संस्थानलेसमेत स्वीकार गरेको छ ।

संस्थानले पुरातत्व विभागसँग अहिलेसम्म कुनै समन्वय नगरेको स्वीकार्दै संस्थानका सहप्रवक्ता हरिप्रसाद जोशी भन्छन्–‘यसमा पुनःविचार गर्न सकिन्छ ।’

कोथुननी ८ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ । यो पुरानो संरचनामा अहिले १३ ओटा पसल सन्चालन छन् ।

प्राचीन सम्पदा जस्ताको तस्तै रहनेगरी पुनःनिर्माण गर्नसकिने तर मौलिक स्वरुप भत्काएर नयाँ संरचना बनाउन नहुने भन्दै स्थानीय अहिले आन्दोलित छन् ।

भिडियो हेर्नुहोस्