३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


प्रधानन्यायाधीशमा कार्कीको नाम पुनः सिफारिस


0
Shares

काठमाडौं, वैशाख २० । संवैधानिक परिषद्ले सर्वोच्च अदालतकी कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न पुनः सिफारिस गरेको छ ।

यसअघि गत चैत २८ गते बसेको संवैधानिक परिषद्को बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न सिफारिस गरेको थियो । तर चैत २८ गतेको बैठकमा सभामुख ओनसरी घर्ती अनुपस्थित थिइन् ।

परिषद्को आजको बैठकले सभामुखको उपस्थितिमै प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको कानुनमन्त्री अग्नी खरेलले जानकारी दिए ।

सभामुख घर्ती बिरामी भएपछि चैत २८ गते परिषद्को बैठकमा सहभागी हुन सकेकी थिइनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल पुगेरै सभामुखको सहमति लिएर कार्कीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको बताएका थिए ।

सभामुखले भने आफ्नो अनुपस्थितिमा परिषद्ले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको भन्दै असन्तुष्टि जनाउँदै आएकी थिइन् ।

कार्कीले अहिले पनि कायम मुकायम प्रधानन्यायाधीश भएर काम गरिरहेकी छन् ।