३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


महाधिवेशनका लागि गइरहेका कार्यकर्ता सवार बस दुर्घटना, ३२ जना घाइते


0
Shares

सप्तरी, वैशाख २० । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेशनमा सहभागी हुने कार्यकर्ता चढेको बस सप्तरीको कञ्चनरुप नगरपालिकामा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

धनगढीबाट विराटनगर गइरहेको ना४ख ९७४६ नम्वरको बस दुर्घटनामा परेको हो ।

घाइतेमध्ये धनगढी नगरपालिका–१६ का विमला चौधरी, रामप्रसाद चौधरी, सिरिया चौधरी र हरिकृष्ण चौधरीको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि विराटनगर लगिएको छ ।

सडकमा हिँडिरहेको गाईलाई बचाउने क्रममा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।