३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


जेठ २ र ३ गते राष्ट्रिय विकास परिषद्को बैठक


0
Shares

काठमाडौं, वैशाख २० । राष्ट्रिय योजना आयोगले राष्ट्रिय विकास परिषद्को बैठक डाक्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको आयोगको पूर्ण बैठकले आगामी जेठ २ र ३ गते राष्ट्रिय विकास परिषद्को बैठक डाक्ने निर्णय गरेको हो । बैठकले तीन वर्षे योजनासहितको आधारपत्र तयार गरी आगामी बैठकबाट पारित गर्ने निर्णय गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले जानकारी दिए ।

बैठकमा राष्ट्रिय योजना आयोगमा सदस्य मनोनित गर्ने विषयमा छलफल भए पनि कुनै निर्णय भने हुन सकेन ।