
काठमाडौं, वैशाख ३१ । स्थानीय बजारमा सुनको मूल्य तोलामा एकैदिन एक हजार रुपैयाँले महँगिएको छ ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै मंगलबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक हजारले वृद्धि भएर तोलाको ६१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य सोमबार तोलाको ६० हजार रुपैयाँमा स्थीर रहेको थियो ।
मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्