२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


नेप्से १४ अंकले उकालो


0
Shares

काठमाडौं, वैशाख ३१ । मंगलबार पनि सेयरबजारमा सुधार जारी रह्यो ।

बजार परिसूचक नेप्से दोहोरो अंकले उकालो लाग्यो । कारोबार पनि अर्ब नाघ्यो ।

उतार–चढावबीच नेप्से १४ अंकले उकालो लागेर १३ सय १५ पुग्यो । कारोबार भएका अधिकांश समूह उकालो लागेसँगै नेप्से सकारात्मक रहेको हो ।

निर्जीवन बिमा समूहमा सबैभन्दा उच्च १४५ अंकले वृद्धि आयो । उत्पादनमूलक समूहमा पनि ८४ अंकको सुधार आयो । जीवनबिमा समूह ४३ अंकले बढ्यो । होटल, वाणिज्य बैंक र विकास बैंक समूह पनि दोहोरो अंकले सुधारिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीका ३१ लाख ६६ हजार कित्ता सेयर एक अर्ब ४ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।