३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


मातातीर्थका सबै धारा सुके, १२ ओटै धारामा यसरी एकैसाथ पानी आउन छाड्यो (भिडियोसहित)


0
Shares

प्रतीक लामिछाने/भरत केसी (इमेज)
काठमाडौं, वैशाख २० । २०७२ साल वैशाख १२ गतेको शत्तिशाली भूकम्प तथा पछिल्लो समयमा बढ्दै गएको खडेरीका कारण गाउँ–बस्तीका पानीका मुहान सुकेका छन् ।

पानीका मुहान सुक्दा लाखौं मानिस पिउनेपानीबाट बन्चित हुनुपर्ने अवस्था आएको छ । यसबाट राजधानी उपत्यका पनि अछुतो छैन ।

ऐतिहासिक र धार्मिक महत्व बोकेको राजधानीको मातातीर्थ पनि खडेरी र भूकम्पको चपेटामा परेको छ ।

काठमाडौंको पश्चिममा रहेको मातातीर्थ अर्थात् पवित्र धार्मिकस्थल । हरेक वर्षको वैशाख कृष्णऔंसीका दिन यो तीर्थस्थलमा देशभरबाट लाखौंको संख्यामा तीर्थालु आउने गर्दछन् ।

यहाँ आएर नुहाउने तथा दिवंगत आमाका नाममा श्राद्ध तथा दान गर्दा आमाको दशधारा दूध खाएको ऋण तिर्न सकिन्छ भन्ने विश्वास रहिआएको छ ।

लाखौं तीर्थयात्री तथा भक्तजनको आस्थाको केन्द्रकोरुपमा रहेको मातातीर्थ पछिल्लो समयमा आफैं चरम संकटबाट गुज्रिरहेको छ ।

त्यसो त दुई वर्षअघिदेखि नै मातातीर्थका १२ ओटै धारामा कम पानी आउन थालेको हो ।

तर, गत वर्ष वैशाख १२ गतेको भूकम्पपछि एक्कासि सबै धारामा पुरानै अवस्थामा पानी आएपनि गत चैत २८ गते ललितपुरको भैंसेपाटीलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएपछि मातातीर्थका यी सबै धाराबाट पानी चुहिन छाडेको छ ।

एक त आफैं पानी खान नपाइने चिन्ता, अर्कोतर्फ देशभरका तीर्थयात्रीको आस्थाको केन्द्र । यहाँ आउने तीर्थयात्री तथा भक्तजनलाई खल्लो हुने भयो भन्ने चिन्ता अहिले यहाँका स्थानीय बासिन्दालाई छ ।

स्थानीय बासिन्दामात्रै होइन, आफ्नी दिवंगत आमाको सम्झना गर्दै यो तीर्थमा आएर श्राद्ध गर्नेहरुको मन पनि कुँडिएको छ, मातातीर्थको धारामा पानी चुहिन चाडेपछि । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्