१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


पत्रकार महासंघको साधारणसभा मंगलबारदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने


0
Shares

चितवन, वैशाख २० । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको छ ।

महासंघ चितवन शाखाले सोमबार पत्रकार सम्मेलन गरी मंगलबारदेखि चितवनमा सुरु हुने साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ । साधारणसभामा मुलुकभरका १६ सय ५१ प्रतिनिधि सहभागी हुने बताइएको छ ।

साधारणसभामा सहभागी हुन महासंघ केन्द्रीय समिति चितवन पुगिसकेको र जिल्लाबाट सभासदहरु आउनेक्रम जारी छ ।

साधारणसभामा विधानसभा पनि हुने भएकाले महासंघलाई संघीय ढाँचामा लैजाँदै अझ बढी समावेशी, श्रममैत्री हुने गरी संगठनको पुनःसंरचनासहितको विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी भएको छ ।

श्रमजीवी पत्रकारको पेशागत तथा भौतिक सुरक्षासम्बन्धी विशेष प्रस्तावमाथिसमेत साधारणसभामा छलफल गर्ने कार्यक्रम छ ।

नयाँ विधानको प्रस्ताव गर्न लागिएको मस्यौदामा केन्द्र, प्रदेश र स्थानीय तीन तहको संगठन संरचना व्यवस्था गरिएको छ ।

भौगोलिक हिसावले सात प्रदेशमा विभाजन भएपनि महासंघले १० ओटा प्रादेशिक संरचनाको प्रस्ताव गर्दैछ ।

हाल महासंघका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा छन् ।