१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


‘प्रेस स्वतन्त्रता कुन्ठित गर्ने कदम सह्य हुँदैन’


0
Shares

काठमाडौं, वैशाख ३१ । मिडिया काउन्सिल विधेयकको विरोधमा चरणबद्ध आन्दोलनमा रहेको नेपाल पत्रकार महासंघले बुधबार राष्ट्रियसभाअन्तर्गत्को प्रत्यायोजित व्यवस्थापन तथा सरकारी समितिका सभापति रामनारायण बिडारीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

महासंघका उपाध्यक्ष दिलीप थापामगरको नेतृत्वमा गएको महासंघको टोलीले सिंहदरबार पुगेर विधेयकमा रहेका प्रेस स्वतन्त्रताविरुद्धका प्रावधानलाई सच्याउन माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षणपत्र बुझ्दै सभापति बिडारीले प्रेस जगतलाई मर्यादित बनाउन सन्चारकर्मी सचेत हुनुपर्ने भएपनि विभिन्न बहाना बनाएर प्रेस स्वतन्त्रतामाथि आघात र कुन्ठित गर्ने कदम सह्य नहुने बताए ।

सरकारले मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको मिडिया काउन्सिल विधेयकलाई यही वैशाख २६ गते संसदमा दर्ता गरेको छ ।

संसदमा दर्ता भएको उक्त विधेयकको चौतर्फी आलोचना भइरहेको छ ।