
काठमाडौं, वैशाख २० । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमन्डलले सोमबार वाणिज्यमन्त्री जयन्तचन्दसँग भेटगरी उद्योग वाणिज्य, आपूर्तिलगायत समसामयिक विषयमा छलफल गरेको छ ।
भेटघाटका अवसरमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले गत साल गएको विनाशकारी भूकम्प र अघोषित नाकाबन्दीकाकारण मुुुलुकको उद्योग–वाणिज्य क्षेत्रमा परेको असरबारे जानकारी गराउँदै उद्योग–व्यवसाय क्षेत्रको उत्थानको लागि विशेष ध्यानदिन आग्रह गरेको जनाइएको छ ।
उनले हालै प्रधानमन्त्रीको भारत र चीन भ्रमणका अवसरमा भएका सहमतिहरु कार्यान्वयनमा सरकारले विशेष ध्यानदिनु पर्ने बताउँदै यस सम्वन्धमा भइरहेका प्रगतिबारे जानकारी गराउनसमेत आग्रह गरे ।
वाणिज्यमन्त्री चन्दले निजी क्षेत्रका समस्याहरुप्रति आफू गम्भीर रहेको भन्दै नीतिगत कुराहरुमा नेपाल चेम्बर अफ कमर्सकोे राय–सुझावअनुसार अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको चेम्बरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्