
काठमाडौं, वैशाख २० । गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि नेपाल तथा चीनबीचको एकमात्र प्रमुख व्यापारिक तथा ऐतिहासिक तातोपानी नाकामा अवरुद्ध अवस्थामा रहेको नेपाली व्यवसायीहरुको सामानहरु हालै चिनियाँ सरकारको सहयोगमा नेपाल भित्रन सफल भएको छ ।
चीनको विभिन्न स्थानबाट आयात् गरिएका, गोदाम, पसल आदि स्थानहरुमा रहेको व्यापारीहरुको सम्पूर्ण सामानहरु तातोपानी नाका भइ नेपाल आइपुगेको नेपाल–चीन उद्योग वाणिज्य संघले जनाएको छ ।
चिनियाँ सरकारबाट प्राप्त सहयोगका लागि संघले कृतज्ञता प्रकट गरेको छ ।
साथै, अवरुद्ध तातोपानी नाका निकट भविष्यमा अझ व्यवस्थित गराइ पुनः सन्चालनका लागि चिनियाँ सरकारसमक्ष संघले आग्रह गरेको छ ।
यसबाट मुलुकको अर्थतन्त्रलाई थप गति दिनुका साथै दुई देशको व्यापार अभिबृद्धि हुने, लगानी बृद्धि हुने तथा पर्यटन उद्योगको विकासमा टेवा पुग्ने संघको विश्वास छ ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्