३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


उत्पादकत्व बढाउनु जरुरी, नेपालको आर्थिकबृद्धि २ प्रतिशत : इस्क्याप


0
Shares

काठमाडौं, वैशाख २० । एसिया तथा प्रशान्त क्षेत्रको आर्थिकबृद्धिमा सुधारका लागि उत्पादकत्व बृृद्धिमा जोड दिइएको छ ।

संयुक्त राष्ट्र संघको ‘इस्क्याप’ले सोमबार सार्वजनिक गरेको आर्थिक तथा सामाजिक सर्वेक्षण प्रतिवेदनमा उक्त जोड दिइएको हो ।

यस क्षेत्रको आर्थिकबृद्धिमा सुधार तथा दीर्घकालीन विकासका लागि उत्पादकत्व बढाउनु नै मुख्य समाधान रहेको उसको भनाइ छ ।

बैंककस्थित इस्क्यापका इकनमिक अफेयर्स अफिसर डा.सुदिप रञ्जन बसुले यससम्बन्धी विस्तृत कार्यपत्र प्रस्तुत गर्दै भूकम्प, नाकाबन्दीलगायत समस्याले नेपालको २०१६ मा आर्थिकबृद्धि २ दशमलव २ प्रतिशतमा खुम्चिने उल्लेख गरे ।

२०१७ मा चाँही यस्तो बृद्धिदर साढे ४ प्रतिशत पुग्ने पनि इस्क्यापको प्रक्षेपण छ ।

नेपालको पूँजीगत खर्च गर्ने क्षमतामा सुधार गर्नैपर्नेमा पनि प्रतिवेदनमा जोड दिइएको छ ।

आयोजनामा कमजोर व्यवस्थापन र प्रशासनिक झमेला नै खर्च गर्न नसक्नुका मुख्य कारण रहेको पनि प्रतिवेदनमा जनाइएको छ । कर प्रणाली व्यवस्थापनमा सुधार गर्न पनि सुझाव दिइएको छ ।

साउथ एसिया वाच अन ट्रेड इकनमिक्स एन्ड इन्भायरमेन्ट (सावती)का कार्यकारी अध्यक्ष डा. पोषराज पाण्डेले प्रतिवेदनबारे टिप्पणी गर्दै आर्थिक विकासका चुनौती र समाधानका लागि सुझाव प्रस्तुत गरेका थिए ।

२०१६ मा भूकम्पका कारण कम्तिमा ७ लाख थप नेपाली गरिबीको रेखामुनि धकेलिएको इस्क्यापको औपचारिक तथ्यांक छ ।