
काठमाडौं, वैशाख ३१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा राजनीतिक ‘मोडल’ तयार भएपनि विकासको मोडल भने स्पस्ट हुन नसकेको बताएका छन् ।
बुधबारदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय प्रांगारिक कृषि सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिक विकाससँगै प्रविधिको विकास आवश्यक रहेकोमा जोड दिए ।
अध्यक्ष दाहालले कृषिमा परनिर्भरता बढेकाले कृषि उत्पादन बढाउँदै लैजानुपर्ने बताए ।
‘जनसंख्याभन्दा जमिनको कित्ताकाट बढी’
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जनसंख्याभन्दा पनि जमिनको कित्ताकाट बढी भएकाले जमिनको एकीकरण गर्नुपर्ने बताइन् ।
सरकारले जमिनको एकीकरण गर्न भूमि उपयोग ऐनको तयारी गरिरहेको उनले बताइन् ।
मन्त्री अर्यालले सामूहिक कृषि खेती सहकारीबाटमात्रै सम्भव भएकाले एक धुरी एक सहकारी सदस्य अभियान सन्चालन गरिने उल्लेख गरिन् ।
सम्मेलनमा पछिल्लो समय कृषि क्षेत्रमा देखिएका समस्या र कृषिमा भइरहेको प्रांगारिक प्रयोगबारे छलफल हुनेछ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा भारत, क्युबा तथा भुटानका कृषिविज्ञहरु सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्