 
	    बेंग्लोर, वैशाख २१ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर बेंग्लोरलाई ५ विकेटले पराजित गरेको छ । जितसँगै कोलकाता अंक तालिकाको दोस्रो नम्बरमा रहन सफल भएको छ ।
सीजनको आठौं खेलबाट पाँचौं जित हासिल गर्दै कोलकाताले आफ्नो खातामा १० अंक बनाएको छ । बेंग्लोर भने सात खेलबाट पाँचौं पटक पराजित हुँदै अंक तालिकाको सातौं नम्बरमा पुगेको छ ।
घरेलु मैदानमा पहिले ब्याटिङ गर्न उत्रिएको बेंग्लोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । बेंग्लोरका कप्तान विराट कोहलीले ५२ र केएल राहुलले ५२ रन बनाएका थिए ।
१८६ रनको लक्ष्य पाएको कोलकाताले सुरुवातमा राम्रो प्रदर्शन गर्न नसके पनि मध्यक्रमका ब्याट्सम्यान युसुफ पठानले विस्फोटक ब्याटिङ गर्दै २९ बलमा अविजित ६० रन बनाएपछि बेंग्लोर पराजित भएको हो । कोलकाताका लागि एन्ड्रयु रसेलले ३९ र गौतम गम्भीरले ३७ रन बनाए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्