१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


पुलको पिलरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु


0
Shares

सप्तरी, वैशाख २१ । सप्तरीको कन्चनरुप नगरपालिका–८ मा आज बिहानै मोटरसाइकल अनियन्त्रित भई पुलको पिलरमा ठोक्किदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सप्तरी कै मानराजा–२ का ३० बर्षीय मनोज राम रहेका छन् । उनको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा आज बिहान साढे ५ बजे मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार ५५ बर्षीय देव चन्द्र झाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

आज बिहान ३ बजे स२प २७२५ नम्बरको मोटरसाइकल सुन्दरी पुलको बायाँ छेउको पिलरमा ठोक्किएको थियो ।