३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


गैर दलित युवा आरन व्यवसायमा


0
Shares

रोल्पा, वैशाख २१ । रोजगारीका लागि दैनिक हजारौं युवा विदेशिने गरेको रहेको बेला रोल्पाका दुईजना गैरदलित युवाहरुले भने गाउँमै कृषि औजार निर्माण व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन् ।

दलितहरुले मात्र आरन व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने परम्परालाई तोड्दै उनीहरु व्यवसायमा जुटेका छन् ।

स्थानीय दुई युवाहरुले व्यक्तिगत लगानीमा आरन व्यवसाय सञ्चालन गरेका हुन् । सिप र जाँगर भएमा पैसा कमाउन विदेश जानुपर्ने बाध्यता नभएको बताउँदै यी युवाहरु गाउँमै आरन व्यवसायबाट राम्रै कमाइ भएको बताउँछन् ।